धारा ६८
उपराष्ट्रपतिको पद रिक्त हुने अवस्था
देहायको कुनै अवस्थामा उपराष्ट्रपतिको पद रिक्त हुनेछः–
(क) निजले राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा,
(ख) निजको विरुद्ध धारा १०१ बमोजिम महाभियोगको प्रस्ताव पारित भएमा,
(ग) निजको पदावधि समाप्त भएमा,
(घ) निजको मृत्यु भएमा ।